गीत लेख्दा लेख्दैको अवस्थामा मृत्युको संसारमा रुमलिन मन छ : शंकर अधिकारी ‘घायल’ - Mangsebung News
  • शनिबार, जेठ २०, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गीत लेख्दा लेख्दैको अवस्थामा मृत्युको संसारमा रुमलिन मन छ : शंकर अधिकारी ‘घायल’

नेपाली सुगम गीत तथा चलचित्रका गीतहरुमा आफनो छुुटटै पहिचान बनाउन सफल गीतकार शंकर अधिकारी ‘घायल’ले जीवनको धेरै कालखण्डमा आफनो सिर्जनाले साहित्य तथा कला यात्राको समुद्रलाई पानीका थोपाहरुले अञ्जुलीमा थापेर गीत संगीतको क्षेत्रमा आफनो बेग्लै जीवनयात्रा बनाउन सफल भएका छन ।

गीत लेख्दा लेख्दैको अवस्थामा मृत्युको संसारमा रुमलिन मन छ बताउने शंकर बाल्यकालमा रेडियोमा बज्ने गीत संगीतको धुन संग हातेमालो गदैँ गीत संगीतलाई नै आफनो जीवनको अमुल्य सम्पती ठान्दछन् । वास्तवमै त्याग, समर्पण र कला प्रतिको आस्था र भरोसा भित्र रुमालिएर कला र गीत संगीतमा करिव चार दशक विताएका शंकर २०२४ साल मंसिर १५ गते सुनसरीको झुम्कामा माता राधादेबी र पिता गोपाल अधिकारीको कोखबाट जन्मलिएका हुन् । उनी आफनो बालापन बाटनै संगीत साधनामा लाग्नुपर्छ भन्ने आफनो चाहना भएको सुनाउँछन ।

शंकर सामान्य परिवारमा जन्मिएको एक किसानको छोरो भएकाले पनि आफुलाई आफनो चाहनालाई पुरा गर्नको लागी सुरुवाति दिनमा निकै पिडाको अवस्था भोग्नुपरेको विगत सम्झन्छन । उनी झुम्का स्थित भासि मा.बि.बाट माद्यमिक शिक्षा उतिर्ण गरे पछि आफना सिर्जनालाई आम दर्शक तथा स्रोता माझमा पस्कनको लागि कलिलो किशोर अवस्थामा काठमाडांै तिर हानिएको बताउँछन ।

बलापनको चञ्चलता र काठमाडौँ कस्तो होला भन्ने कौतहुलताको कारण उनी पहिलो पटक काठमाडौँ आएको पललाई कहिले पनि भुल्दैनन । असिमित चाहना र आर्थिक अभावको कारणले आफनो अनेकौ सिर्जनाहरु दराजमा नै थन्काउनु परेको विगतको तितो वास्तविकतालाई सम्झिदैं उनी भन्छन् जस्तो सुकै अभावले पनि मलाई साहित्य र गीत प्रति निरुसाहित बनाएन ।

पशुपति क्याम्पस चाबहिलमा अध्यन गर्दा देखि नै उनी साहित्यक कथा, लघु कथा लेख्न पुगे । कथा लेख्दै रेडियो नेपाल बाट प्रसारण हुने लोकप्रिय गीति कथा लेख्न पुगे । यसपछि चलचित्र ‘मैदान’मा गीत लेखे पछि भने गीतकारकोे रुपमा उदाउन थाले । यसपछि चलचित्र ‘दादागिरी’को ‘तिम्रो आखामा बस्ने रहर भो मलाई’ गीतले पहिलो पटक सफलता पाएपछि भने उनले पछि फर्कन्नु परेना । टेलिसिरियल मेरि बास्सै को शिर्ष गीत सफल भए पछी क्रमशः खलनायक, नासिब आफ्नो, लक हुँदै चलचित्र अन्दाजको ‘सिम्पल सिम्पल कान्छि को डिम्पल पर्ने गाला’ सफल भए संगै उनी चलचित्र लेखनमा पनि सक्रिय हुन थाले ।

शंकर अधिकारीको पहिलो चलचित्र ‘लभ इज लाइफ’ लेखे पछी भोजपुरी ‘इ कैसन बौछार’ तामाङ चलचित्र जाथेवा अर्थात जेठो छोरा लेखे । तामाङ चलचित्र लेखन सँगै चलचित्र लेखन, म्युजिक भिडियो निर्देशन गर्दै बाबू बलामी संगै संयुक्त पहिलो निर्देशन गरेपछि उनको निर्देशनमा रहेको चलचित्र मदहोस, सत्यम शिवम सुन्दरम सम्पादनमा रहेको छ ।

काचुली, लवजोन, मेरो दिल छ पोखरामा लेखन र निर्देशन संगै रिलिजको तयारीमा रहेको उनको दानराज, प्रतिशोध, प्रेम पुजारी र तक्दिर चलचित्रको लेखन निर्देशन सहित छायांकनको तयारीमा रहेका छन ।

प्रस्तुति : आन्छुमे नसान/दिपेन्द्र खड्का

सम्बन्धित खवर