केञ्जल र सुविन अभिनित ‘जिन्दागानीमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केञ्जल र सुविन अभिनित ‘जिन्दागानीमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । केञ्जल योङहाङ लिम्बू र सुविन सेञ्चुरीद्वारा अभिनित ‘जिन्दागानीमा’ भिडियो सार्वजनिक गरिएको छ ।

सुविन सेन्चुरीको शव्द, संगीत तथा आवाजमा सजिएको गीत ‘जिन्दागानीमा’ भिडियो जिरो टु स्टुडियो अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुविनकै निर्देशनमा ड्रामा, कमेडी र रोमान्सले भरिएको प्रेम कथालाई प्रस्तुत गरिएको भिडियोमा एन.बी. खड्का, आश्वीन लामिछाने, रवि सुनार, सुमन वानिया, युवराज रोक्काया सरोज र सविना क्षेत्रीको समेत अभिनय रहेको छ ।

सुविनकै संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा जिरो टु स्टुडियोमा रवि सुनारले रेकर्ड गरेको गीतको भिडियोमा मनोज राईको छायाँकन तथा हीम सागर बमको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर