सविना र इन्द्रशुसिलको आवाजमा ‘तिम्रो माया सजाको छु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सविना र इन्द्रशुसिलको आवाजमा ‘तिम्रो माया सजाको छु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका सविना योङहाङ लिम्बू र गायक इन्द्रशुसिल लिम्बूको सुमधुर आवाजमा पुर्वेली लोकभामा सजिएको गीत ‘तिम्रो माया सजाको छु’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार कुसल तामाङको शव्द संकलन तथा इन्द्रशुसिल लिम्बूको लय संकलन रहेको पुर्वेली लोकभामा सजिएको गीत ‘तिम्रो माया सजाको छु’ भिडियो शुक्रबार सिमिक्लुङ दर्पण अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्णभक्त राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

कृष्ण थलङ लिम्बू र डि.बी. लिम्बूले छायाँकन गरेको भिडियोलाई कृष्ण थलङ लिम्बूले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर