हाङ चेम्जोङद्वारा निर्देशित ‘बेसी गोठ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङद्वारा निर्देशित ‘बेसी गोठ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङद्वारा निर्देशित पुर्वेली लोकभाकामा सजिएको गीत ‘बेसी गोठ’को भिडियो सार्वजनिक गरिएको छ ।

गायीका कल्पना राई र गायक प्रकाश राईको सुमधुर आवाजमा सजिएको पुर्वेली गीत ‘बेसी गोठ’को भिडियो एम.एन.एस.जी. अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पुर्णिामा केरुङ्ग लिम्बू र जसु थेबेको शव्द रचना रहेको भिडियोमा रुबेन खड्का, मालती राना, ऐशम लावती, कान्छी तामाङ, सफिना मगर, अस्मिना तामाङ, अञ्जलि तामाङ, आकृति तामाङ, सराना प्रधान, अनीता चौधरी, मंदिरा गोले, आषिस राई, मिसन राई, सौरब प्रधान, निश्चल तामाङ, आकाश तामाङ, सन्देस रखाल मगर र सुरज रखाल मागरको अभिनय रहेको छ ।

जिबिहाङ्ग राईको संगीत र संगीत संयोजन रहेको गीतको छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् ।

एम.एन.एस.जी. ग्रुपको प्रस्तुति रहेको भिडियोलाई निमबाबू तामाङको कोरियोग्राफी तथा सन्जु थलङको मेकअपमा ललितपुर स्थित सिकाली चौरमा छायाँकन गरिएको थियो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर