जसपाका तीन मन्त्री फेरिए, नवनियुक्त मन्त्रीले लिए शपथ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपाका तीन मन्त्री फेरिए, नवनियुक्त मन्त्रीले लिए शपथ


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का तीन जना मन्त्री फेरिएका छन् । जसपाले आफ्ना पुराना तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो ।

जसापाका नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादव रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत राखिएको छ ।

सिंहलाई कृषि तथा पशुपन्छी विकास, राईलाई भौतिक पूर्वाधार तथा यातायात र यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम बुझाएका थिए ।

जसपाले कृषि मन्त्री रहेका महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएको हो ।

सम्बन्धित खवर