लोकेनको निर्देशनमा रानी र सुमनको पालाम ‘मिङलारे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेनको निर्देशनमा रानी र सुमनको पालाम ‘मिङलारे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । एक पछि अर्को म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक लोकेन साम्बा लिम्बूको निर्देशनमा नेपाली लिम्बू भाषामा सजिएको पालाम ‘मिङलारे’ को भिडियो सार्वजनिक गरिएको छ ।

नेम खापुङ लिम्बूको शव्द संकलन तथा गायीका रानी चोङबाङको लिम्बूको लय संकलनमा रानी चोङबाङ लिम्बू र सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम‘मिङलारे’ को भिडियो स्टुडियो वान नेपाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका निरन्ता नेम्बाङ लिम्बू र गायक दिवस पयाङगु लिम्बूको समेत आवाज रहेको पालाममा रानी चोङबाङ लिम्बू, सुमन लिम्बू, निरन्ता नेम्बाङ लिम्बू र गायक दिवस पयाङगु लिम्बूको अभिनय रहेको छ ।

सञ्जु थलङ लिम्बूको सृङगार, अरुण बरुण न्योपानेको छायाँकन रहेको पालामको सम्पादन अनिल रानाले सम्पादन गरेका हुन् ।

अशोक लोहोरुङ राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको पालामलाई सुरेस राईले रेकर्ड गरेका हुन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर