सरकारद्वारा नागरिकता विधेयक फिर्ता लिने निर्णय - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्वारा नागरिकता विधेयक फिर्ता लिने निर्णय

काठमाडौं । नागरिकता विधेयक सरकारले फिर्ता लिने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको एक मन्त्रीले बताए ।

२०७५ सालमै सरकारले ल्याएको यो विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो ।

सम्बन्धित खवर