- आन्छुमे नसान
माङसेबुङ । गायीका सुनिता थेगिम लिम्बू र गायक सुजन चापाँगाईको सुमधुर आवाजमा सजिएको नेपाली कथानक चलचित्र ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार रविन्द्र लामिछानेको शव्द तथा संगीतकार सुजन चापाँगाईको संगीतमा सजिएसको चलचित्र ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’को भिडियो बिहिबार केन्द्र मोसन पिक्चर्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
निर्देशक सुरेन्द्र पौड्यलको निर्देशन तथा एन्जिला खत्री र बिक्रम लामाको कोरयिोग्राफी रहेको चलचित्र ‘बाबरी’मा धिरज मगर र अदिति बुढाथोकीले अभिनय गरेका छन् ।
चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन रहेको छ भने सम्पादन सुरेन्द्र पौड्यलको रहेको छ । आर्टमण्डुमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुजन भटराईले गरेका हुन् भने मिक्सिङ कोभिड बज्रले गरेका हुन् ।
भिडियो हेर्नुहोस…