नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्ताव पारित - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्ताव पारित


काठमाडौं । संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रबार बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

तीन वर्षसम्म संसदबाट पास हुन नसकेको विधेयकले निकास दिन नसक्ने भएपछि सरकार फिर्ता लिन बाध्य भएको मन्त्री खाँणले बताए ।

नेपाली नागरिकले नागरिकता पाउन्, नागरिकताका सम्बन्धमा देखिएका समस्या समाधान होस् भन्ने चाहेर नै सरकारले गम्भीर निर्णय गरेको उनले दाबी गरे ।

सम्बन्धित खवर