- खनाल बिन्दु
काठमाडौ । नेकपा (माओबादी केन्द्र)को हालै सम्पन्न केन्द्रीय समिति को तेश्रो पूर्ण बैठकबाट गठन भएको पोलिटव्युरोमा प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मंत्री ईन्द्र आङ्वो मौसम सहित १६ जना सदस्य चयन भएका छन ।
पाँचथरबाट प्रतिनित्व गर्ने आङ्वो सहित सो समितिमा झापाबाट राम कार्की (पार्थ) र धर्मशिला चापागाई (शिला), मोरङबाट साबित्रीकुमार काफ्ले (समर), गोपिबहादुर अछामी (गोपी), शिवकुमार मण्ड (शिव), भोजपुरबाट पदमबहादुर राई, सुदन किराँती(शिखर), अजम्वर काम्वाङ, खोटाङबाट रामकुमार राई पासाङ्ग र दुर्गा जयन्ति राई, सुनसरीबाट रामकुमारी चौधरी(रोजिना), धनकुटाबाट हेमराज भण्डारी(सुदर्शन) र उदयपुरबाट सुरेश राई (हिमाल) रहेको केन्द्रीय सदस्य सीता थेवे(प्रमिला)ले जानकारी दिएकि छन् ।
यसैबीच शनिबार सम्पन्न स्थायी कमिटीको प्रथम बैठकले ईन्चार्ज रहेका केन्द्रीय सदस्यको संयोजनमा प्रदेश पदाधिकारी र प्रदेशका केन्द्रीय सदस्य रहने गरि प्रदेश केन्द्र समन्वय संयन्त्र बनाउने र सो संयन्त्र निर्वाचनसम्मका लागि हुने साथै भदौ मसान्त भित्र प्रदेश कमिटीहरुको बैठक र राजनीतिक प्रशिक्षण सम्पन्न गर्ने गरि कार्य योजना तय गरेको थाहा भएको छ ।
सोही बैठकले गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानवीन गर्न ३ सदस्यीय छानविन आयोग गठन गरेको जनाईएको छ ।