मुन्धुमी मिथक ‘सिमिक्वा’ मञ्चन समय थप गरियो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुन्धुमी मिथक ‘सिमिक्वा’ मञ्चन समय थप गरियो

  • आन्छुमे नसान

दमक । किरात लिम्बू मुन्धुमी मिथकमा आधारित सिमिक्वा चरीको मिथकमा प्रस्तुत गरिएको नाटक ‘सिमिक्वा’को मञ्चन समय थप गरिएको छ ।

दमकस्थित कदम थिएटरमा असार २७ देखि मञ्चन भइरहेको नाटक ‘सिमिक्वा’ असार ३० सम्म मञ्चन गरिने भनिएकोमा थप दूई दिनलाई समय थप गरिएको हो ।

असार ३० सम्म भनिएको मञ्चन समय दर्शकहरुको माया र मागकै कारण थप दुई दिन असार ३२ सम्म समय थप गरिएको नाटकका निर्देशक बिक्रम फागो वनेमले बताए ।

बहुभाषिक नाटक उत्सव २०७९ मा काडमाडौं मञ्चन गरिएको किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन समय कदम थिएटर दमकमा साँझ ५ बजेको रहेको छ ।

चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा बिक्रम फागो वनेम र चेतन आङथुपोको परिकल्पना तथा निर्देशन रहेको नाटक हेर्नको लागि २ सय ५०, पाँच सय र एक हजारको टिकट यस अघिने बिक्रि खुल्ला गरेको निर्देशक वनेमले बताए । उनले टाढाबाट नाटक हेर्न आउने विशेष पारिवारीक दर्शकलाई छुट दिने समेत बताए ।

करिव ४५ मिनेटको नाटक ‘सिमिक्वा’को कथा संकलन शिवकुमार श्रेष्ठले गरेका हुन् भने, नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् ।

लिम्बू कल्चरल मिथक, मुन्धुम, सभ्यता र संस्कृति सौन्दर्यको खोजी गरिएको नाटकमा मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतले अभिनय गरेका छन् ।

नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।

सम्बन्धित खवर