चलचित्र ‘आँधी तूफान २’ को गीत ‘कसम तिमीलाई म’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘आँधी तूफान २’ को गीत ‘कसम तिमीलाई म’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । नेपाली कथानक चलचित्र ‘आँधी तूफान २’ को गीत ‘कसम तिमीलाई म’ सार्वजनिक गरिएको छ ।

गीतकार दीपेन्द्र खड्काको शव्द तथा संगीतकार विक्रम थापाको संगीतमा गायीका बिनुसा राई र अर्जूुन लिम्बूको आवाजमा सजिएको गीत ‘कसम तिमीलाई म’ बुढा सुव्वा डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मौनता श्रेष्ठको निर्मामा मदन घिमिरेको निर्देशन तथा कमल राईको नृत्य रहेको चलचित्रको गीतमा सञ्जय खतिवडा र अनामिका कार्कीले अभिनय गरेका छन् ।

योगेश काजीको संगीत संयोजन रहेको गीतको छायाँकन राशरण उप्रेती, सम्पादन मन्दील श्रेष्ठ, कलर राजन मोक्तान, श्रृङगार रवि केसीको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर