याक्थुङ लेखक संघ उपत्यकाको अध्यक्षमा शनि लिम्बू निर्वाचित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ लेखक संघ उपत्यकाको अध्यक्षमा शनि लिम्बू निर्वाचित

काठमाण्डौ । याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिकोको अध्यक्षमा लेखिका शनि लिम्बू निर्वाचित भएकी छन् ।

शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न प्रथम अधिवेशनले लिम्बूको अध्यक्षतामा १३ सदसीय नवकार्य समिति निर्वाचित गरेको हो ।

नव निर्वाचित वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्षमा उत्तम लिम्बू, इन्दु फोम्बो, सचिवमा मञ्जु थेगिम, सहसचिवमा संगीन नेम्बाङ र कोषाध्यक्षमा मनमाया वनेम निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा संगीता सुहाङ, सुरज मादेन, सुस्मिता लाओती, राजा माबो, चाहना कुगेनाम्बा, सुजन आङदेम्बे र बीरेन्द्र थाम्सुहाङ निर्वाचित भएका छन् ।

 

सम्बन्धित खवर