मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को समापन - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को समापन

  • सुनिल सेर्मा

साउन ०३, दमक । किरात लिम्बू मुन्धुमी मिथकमा आधारित सिमिक्वा चरीको मिथकमा प्रस्तुत गरिएको नाटक ‘सिमिक्वा’को समापन गरिएको छ ।

सोमबार दमकस्थित कदम थिएटरमा समाजसेवी किरात याक्थुङ चुम्लुङ हङकङका पूर्व अध्या त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा तथा याक्थुङ प्रज्ञा पतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोको बिशेष आतिथ्यमा एक औपचारिक कार्यक्रमविच नाटक ‘सिमिक्वा’को समापन गरिएको हो ।

असार २७ देखि मञ्चन भइरहेको नाटक ‘सिमिक्वा’ असार ३० सम्म मञ्चन गरिने भनिएकोमा थप दूई दिनलाई समय थप गरि असार ३२ गते सम्म मञ्चन गरिएको थियो ।

निर्देशकद्वय वनेमविक्रम फागो र चेतन आङथुपोले ढुङगे युगको सेटिङमा आमा–छोरीको प्रेम र वियोगको कथालाई सह्रै मर्मस्पर्शी रुपमा नाटक ‘सिमिक्वा’ मा प्रस्तुत गरेको छ । खास गरि ढुङगे युगको रहन सहन, त्यस ताकको सभ्यता, भेष भूषाको प्रयोगले नाटकको मुल मर्मलाई जीवनतता दिएको छ । नाटकमा तङसीङ र येवाको उपस्थिति गराएर मिथक र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ ।

अग्रज पुर्खाहरुको मुखाबाट सधैं सुन्दै आईरहेको लोक कथाहरु मध्ये लिम्बू मिथकमा आधारित सिमिक्वा चरीको कारुणीक बिलाउनाको कथालाई प्रस्तुत गरिएको नाटकमा लिम्बू मिथक हाम्लावाको समेत प्रयोग गरेर नाटकमा थप सौन्दर्य थपिएकोले पनि अरु नाटक भन्दा ‘सिमिक्वा’ पृथक बनेको छ ।

छोरी खोज्दै जंगल, भीर, पाखा र खोला किनार चहार्ने क्रममा खोलाले बगाएर मृत्यू हुने आमाको आत्मा सिमिक्वा चरीको रूप लिएर छोरीलाई खोज्दै हिँडेको सिमिक्वा चरीका कारुणिक विलाउनाको बोध गराउने हाम्लावको प्रयोगले नाटकको दुखान्त पक्षलाई बलियो बनाएको छ ।

दर्शकहरुको अपार माया बटुलेको नाटक सिमेक्वामा लिम्बू कल्चरल मिथक, मुन्धुम, सभ्यता र संस्कृति सौन्दर्यको खोजी गरिएको छ ।

बहुभाषिक नाटक उत्सव २०७९ मा काडमाडौं मञ्चन गरिएको किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ बिशुद्ध लिम्बू भाषामानै प्रस्तुत गरिएकोले लिम्बू भाषा, साहित्य, कला र संस्कृतिको समेत उजगर गरेको छ । नाटकले भाषिक आन्दोलनमा समेत थप टेवा पु¥याएको छ ।

कार्यक्रममा समाजसेवी त्रिभूवन लुम्फुङवा, याक्थुङ प्रज्ञा–प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापो, कदम थिएटरका सचिव तथा पत्रकार कमन देवान, राजनीतिककर्मी कान्छा लाओती, माङ्सेबुङ गाउँपालिका वडा नं. ५ का वडा सचिव तथा लिम्बू भाषा सचिव सुनिल सेर्मा नोसाङ, निर्देशक वनेम विक्रम फागो लगायतले मन्तव्य राखेका थिए ।

नाटक ‘सिमिक्वा’का कलाकारहरुलाई प्रमाणपत्र र मायाको चिनो साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा लिम्बू भाषाविद सेसेमी सेनाल्बो, संचारकर्मी आन्छुमे नसान, मन कुमार गदाल, याक्थुङ मुन्जइत चोक सयङ १ नं.प्रदेश अध्यक्ष भूपेन्द्र तुम्बाहाङ्फे, कोषाध्यक्ष अनिस लाओती समेतको उपस्थिति रहेको थियो ।

चुलाचुली रंगमञ्च इलामको प्रस्तुतिमा करिव ४५ मिनेटको नाटक ‘सिमिक्वा’को कथा संकलन शिवकुमार श्रेष्ठले गरेका हुन् भने, नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् ।

नाटकमा मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतले अभिनय गरेका छन् ।

नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।

सम्बन्धित खवर