एकान्तको संगीतमा केञ्जल र जीवन अभिनित ‘मिलनको बेला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्तको संगीतमा केञ्जल र जीवन अभिनित ‘मिलनको बेला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीत तथा गीतकार मदन माबो लिम्बूको शव्दभावहरुमा गायीका सुरक्षा सेच्युरीको सुमधुर आवाज रहेको मारुनी गीत ‘मिलनको बेला’ शनिबार सार्वजनिक गरिएको छ ।

निर्देशक कविता लोप्चनको निर्देशनमा केञ्जल योङहाङ लिम्बू, जीवन वायुङको अभिनय रहेको मारुनी गीत ‘मिलनको बेला’ एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुम्निमा लिम्बू र सुनिता लावतीको समेत अभिनय रहेको भिडियोमा दीपक केसीको छायाँकन, सुनिता लावतीको मेकअप तथा चित्र मिडियाको सम्पादन रहेको छ ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर