आज दमकमा ‘याक्थुङ आइडल सिजन १’को साथमा सांगीतिक कार्यक्रम हुदैं - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज दमकमा ‘याक्थुङ आइडल सिजन १’को साथमा सांगीतिक कार्यक्रम हुदैं

दमक । झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आज आईतबार सांगीतिक कार्यक्रम हुदैंछ ।

याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ को आयोजनामा छिमेकी राष्ट्र भारतको सिक्किममा रहेको नियारा प्रडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल सिजन १’का बिजेता सहित टप ६ मा पर्न सफल कलाकारहरुको साथमा साङगितिक कार्यक्रम हुने भएको हो ।

सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, आशिष् लिम्बू अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू लगायत कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका संयोजक तथा याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीले बताए ।

कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा ‘याक्थुङ आइडल सिजन २’ को प्रचारप्रसार गर्ने र चाडैंनै दमकबाट अडिसन लिने समेत कार्यक्रम रहेको संयोजक लावतीले बताए ।

सम्बन्धित खवर