प्रदेश स्तरीय राजनैतिक तथा बैचारिक प्रशिक्षण १४ साउनमा : चूनावको तयारीमा होमियो माओबादी - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश स्तरीय राजनैतिक तथा बैचारिक प्रशिक्षण १४ साउनमा : चूनावको तयारीमा होमियो माओबादी

  • खनाल बिन्दु

काठमाडौं । आगामी मंसिर महिना भित्र हुने संघिय संसद र प्रदेश सभाको निर्वाचनमा बहुमत हासिल गरि देशको नेतृत्व लिने लक्ष्यका साथ नेकपा(माओबादी केन्द्र) संगठन सुदृढीकरण र प्रचारको तयारीमा जुटेको छ ।

साउन महिना भित्र सबै प्रदेशको बैठक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सक्ने केन्द्रीय कमिटीको निर्देशन बमोजिम धमाधम प्रदेश समितिका बैठकहरु हुँदैछन् । यसैक्रममा १ नं. प्रदेश समितिको बैठक साउन ५ र ६ गते विराटनगरमा सम्पन्न भई सकेको र संगठन बिस्तार, सुदृढीकरण र प्रचार प्रसार सम्वन्धि महत्वपूर्ण निर्णय गरेको अध्यक्ष हर्क नेम्वाङ् मिक्सोले बताए ।

विगत स्थानीय तहको निर्वाचनको गम्भीर समीक्षा गर्नुका साथै देखिएका समस्या र कमि कमजोरीलाई सच्याउदै आगामी निर्वाचनमा अधिकतम उपलब्धि हासिल गर्ने दिशामा सम्पूर्ण शक्ति परिचालित हुने अध्यक्ष मिक्सोले बताए ।

यसैबीच, देशब्यापी निर्वाचनको महौल सृजना गर्न सक्ने सम्पर्क समन्वय समिति अन्तर्गतको प्रदेश कमिटीको बैठक यस अघिनै सम्पन्न भैसकेको र साउन महिना भित्र समिति, बिभाग तथा जिल्ला सम्पर्क समन्वय समितिको बैठक धमाधम कार्य योजना अनुरुप नै समयको अनुकुलता मिलाएर भैरहेको अध्यक्ष श्रीकृष्ण अधिकारी (बिवेक)ले जानकारी दिए ।

यसैबीच, गत असार ३२ गते अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यता हुने भनी तय भएको र अन्तिम समयमा अध्यक्ष क. प्रचण्डको भारत भ्रमणका कारण स्थगित भएको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम पूर्व निर्धारित हल स्काई पार्टी प्यालेस रामशाहपथमा नै यही साउन १४ गते १ः०० बजेदेखि हुने निश्चित भएको र सो प्रशिक्षणमा सम्पर्क समन्वय बिशेष प्रदेश समिति अन्तर्गतका जिल्ला सम्पर्क समिति सदस्यसम्मलाई अध्यक्ष प्रचण्ड लगायत पार्टीका शिर्ष तहका नेताहरुले बैचारिक प्रशिक्षण दिनु हुने प्रचार तथा प्रकाशन समितिका सदस्य तथा मेचीकाली आवाजका सम्पादन मण्डलका सदस्य बिन्देश्वर खनाल (बिप्लव) ले जानकारी दिए ।

सम्बन्धित खवर