प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक, राष्ट्रिय सभाबाट पारित - Mangsebung News
  • बिहिबार, बैशाख २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक, राष्ट्रिय सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक, राष्ट्रिय सभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत गरेको हो ।

नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषण गरेका हुन् ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहनेहरूले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

 

सम्बन्धित खवर