चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा सदाबहार नायक भुवन केसी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नायक केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाली रजतपटका चर्चित नायक केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका हुन् । पछिल्लो समय चलचित्र निर्माण, निर्देशन साथै अभिनयमा पनि सक्रिय छन् ।

सम्बन्धित खवर