ताप्लेजुङमा ‘याक्थुङ आइडल सिजन १’को साथमा बुधबार सांगीतिक कार्यक्रम हुदैं - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङमा ‘याक्थुङ आइडल सिजन १’को साथमा बुधबार सांगीतिक कार्यक्रम हुदैं

  • आन्छुमे नसान

दमक । ताप्लेजुङको फुङलिङमा अवस्थित सामुदायिक भवनमा ‘याक्थुङ आइडल सिजन १’को साथमा बुधबार सांगीतिक कार्यक्रम हुदैंछ ।

याक्थुङ साँस्कृतिक परिषद फुङलिङ ताप्लेजुङको आयोजनामा छिमेकी राष्ट्र भारतको सिक्किममा रहेको नियारा प्रडक्सनद्वारा आयोजित सिङगिङ रियालीटी सो ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र टप ६ फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा ताप्लेजुङमा साङगीतिक कार्यक्रम हुने भएको हो ।

साङगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, टप ६ फाईनलिष्टहरु आशिष लिम्बू, अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू साथमा निर्देशक तथा मोडल अनिस लावती लगायतका कलाकारहरुको प्रस्तुति रहने पाहुना टोलीसँगै रहेका याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीले बताए ।

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा ‘याक्थुङ आइडल सिजन २’ को प्रचारप्रसार गर्ने र चाडैंनै दमकबाट अडिसन लिने समेत कार्यक्रम रहेको लावतीले बताए ।

सम्बन्धित खवर