दमक । लोकदोहोरी गायक रन बहादुर दर्लामी बि.क.ले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर परेर ‘कौवाको मासु’ बोलको तीज गीत ल्याएका छन् ।
बिद्या बि.क.को शब्द रचना रहेको गीतमा लोक गायिका शान्ती श्री परियार र रन बहादुर दर्लामी बि.क.को आवाज रहेको छ ।
गीतको भिडियोमा चर्चित गायीका टिका सानु, मोडेल टिका जैसी, मोडेल गोबिन्द बिबस र बिद्या बि.क. को उत्कृस्ट अभिनय रहेको छ ।
भिडियोको निर्देशन अमर सुनारले गरेका छन् भने, गीत टिका सानु को अफिसिअल युट्युब च्यानेल बाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…