चलचित्र ‘थिम’ को फस्ट लुक सार्वजनिक, भदौमा रिलिज हुने - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘थिम’ को फस्ट लुक सार्वजनिक, भदौमा रिलिज हुने

दुधे । लिम्बु कथानक चलचित्र ‘थिम’ को फस्ट लुक सार्वजनिक गरिएको छ । दुधे सैनिक भवनमा थेत्लङ फिल्म प्रर्दशनको क्रममा चलचित्र ‘थिम’को फस्ट लुक सर्वजानिक गरिएको हो ।

दुधे सैनिक भवनमा थेत्लङ फिल्म प्रर्दशन क्रममा किरात याक्थुम चुम्लुङ्का झापा जिल्ला अध्यक्ष सेसेहङ फियाक, चेम्जोङ बन्सावाली उथान सङ्का माहासचिब जितेन्द्र चेम्जोङ, शिव सतासी वाडा न. ७ का वडाध्यक्ष भवानि चेम्जोङ, झापा जिल्ला अध्यक्ष भुपु सैनिक संघ सभापति डम्बरसिङ आङ्देम्बे, समजसेबी तुला बखिम समाजसेबी प्रेम सेर्मा, शिव मेन्यङ्बो, नायिका बिमला खजुम र थेतलङ फिल्मको निर्माता तथा युबा गायक मनि ताम्लिङ लगमयतले सामुहिक रुपमा चलचित्र ‘थिम’को फस्ट लुक सर्वजानिक गरेका थिए ।

चलचित्रमा लिम्बू सांस्कृतिक कथालाई समेटिएको चलचित्रका लेखक सागर केरुङ्ले बताए । कथा बस्तु अत्यन्तै उत्कृष्ट भएको भन्दै चलचित्रको चौतर्फी चर्चा चुलिरहँदा चलचित्रका लेखक केरुङ् चलचित्र साँच्चिकै उत्कृष्ट बनेको जिकीर गर्छन् । लिम्बु मौलिक कथालाई सरल ढंगबाट चलचित्रमा उठान गरिएको उनको भनाई छ ।

यसैगरि चलचित्र ‘थिम’ को सम्पादन कार्य समेत सम्पन्न भएको छ । गत बैशाख ८ गते सम्पन्न चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न ठाउँमा छायाँकन गरिएको हो । चलचित्रको स्वारकन भने ओपेरा डिजिटल रेकोर्डिङ स्टुडियोमा गरिएको छ ।

याक्थुङ् फिल्मस प्रा.लि.ब्यनरमा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु(आईदेब राई), सागर केरुङ, कृष्णराज नेम्बाङ, भोजराज साँबा र सहायक निर्माता सुकुमर मेचे, डिबि खुदाङ, मान बहादुर साँबा, नन्दुभाई मेन्याङ्बो रहेका छन ।

चलचित्रको लेखक सागर केरुङ, निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक दिनेश माङ्मु, निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापोको रहेको छ ।

चलचित्रमा बिक्रम डिसिको छायाँकन, बिक्रम याम्फुको ड्रोन, दिनेश माङ्मुको नृत्य निर्देशन, निङ्वा नेम्बाङको सहायक निर्देशन र बरदान संगीतालयको नृत्य रहेको छ ।

यसैगरि सागर केरुङको गीत, बुद्धराज लिम्बूको संगीत, मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर,सन्तोस रिजाल र प्रकाश मिलन खड्काको शृङ्गार, सुबास केरुङ नुनामको ब्यवस्थापन, मनि ताम्लिङको पृष्ट्भुमी ध्वनी/ध्वनी मिष्रण र अनिल कुमार महर्जनको सम्पादन/रङ सयोजन र पोस्टर डिजाइन रहेको छ ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाँकन भएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, आधार घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राज कुमार इम्बुङ, मनि हाङ इम्बुङ, राम कुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघाखुदाङ, डिल्ली राम खुदाङ, धन बहादुर खुदाङ, बल ब खुदाङ, जित ब खुदाङ्ग लगायतले अभिनय गरेका छन ।

करिव ३० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र थिम् आगामी भदौ सम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।

कार्यक्रमलाई किरात याक्थुम चुम्लुङका प्रदेश सचिब इक्साहङ चेम्जोङ्ले संचालन गरेका थिए ।

सम्बन्धित खवर