हाङको निर्देशनमा पुष्पांञ्जली र जीवन अभिनित पालाम ‘सेप्माङमो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा पुष्पांञ्जली र जीवन अभिनित पालाम ‘सेप्माङमो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘सेप्माङमो’ सार्वजनिक गरिएको छ ।

गीतकार शान्ता केरुङको शव्द संकलनमा गायक तथा संगीतकार दिलिप फुरुम्बोको लय संकलनमा गायक जीवन केदेम र गायीका निरन्ता नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘सेप्माङमो’ शनिबार जीवन केदेम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक सुमन लिम्बु र गायीका गंगा फियाकको समेत अवाज रहेको पालाममा जीवन केदेम, पुष्पांञ्जली तिलिङ, सैलेन्द्र नाल्बो, निरन्ता नेम्बाङ, भबिन सोङमी, मिम्जिमा सोङमी, आस्मा सुब्बा, मनु थक्लुङ र प्रकाश लिम्बु लगायतको अभिनय रहेको छ ।

शैलेन्द्र नाल्बोको निर्माणमा इसाक जबेगुको छायाँकन, सन्जु थलङ र मञ्जु थलङको सृङगार रहेको पालाममा इसाक जवेगुलेनै सम्पादन गरेका छन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर