भदौ ११ र १२ गते एसईई पुरक परीक्षा, आवेदन ५ गतेसम्म - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भदौ ११ र १२ गते एसईई पुरक परीक्षा, आवेदन ५ गतेसम्म

काठमाडौं । २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा आगमी भदौ ११ र १२ गते सञ्चालन हुने भएको छ ।

परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्मका लागि आवेदन खुला भएको छ ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५ सय राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा भदौ ११ गते पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।

१२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर