जसपा दमक नगरद्वारा अध्यक्ष भट्टराईसहित दर्जनौ कार्यकर्ता पार्टीबाट निष्कासन - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा दमक नगरद्वारा अध्यक्ष भट्टराईसहित दर्जनौ कार्यकर्ता पार्टीबाट निष्कासन

दमक । जनता समाजबादी पार्टी(जसपा) दमक नगर समितिले नगर अध्यक्ष भेष राज भट्टराई सहित २० जना कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ ।

आइतबार दमक पत्रकार मञ्चको सभाहलमा पत्रकार सम्मेलन गर्दै दमक नगर समितिले पार्टीको बिधान विपरित अध्यक्ष भट्टराईसहित उपाध्यक्ष र सदस्यहरु गरी २० जना नेपाल समाजबादी पार्टीमा प्रबेश गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

अध्यक्ष भट्टराईसहित पार्टीबाट निष्कासन हुनेहरुमा उपाध्यक्ष तुलसी ढुङगाना, सहसचिव नानु पौड्यल, सदस्यहरु चन्द्र धौराली, गोपाल तामाङ, पुजन बञ्जरा, करिसा लिम्बू, ज्योती लिम्बू, युवराज तामाङ, सन्तोष अधिकारी, अविन जंग कार्की, सुबोध राजबंशी, राधिका लिम्बू, दिल कुमार पन्धाक, सुमन बुढाथोकी, नर्वु योङहाङ, बिपुल गुरागाई, सम्झना योङहाङ, गोपाल लाखे र पुरुषोत्तम राई लगायत रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जसपा दमक नगर समितिको गत साउन १० गते बसेको बैठकमा पारित भएको निर्णय र शनिबार भएको जसपा दमक नगरको भेलाले अनुमोदन गरी पार्टीले निष्कासन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा उल्लेख भए अनुसार साउन १० को पदधिकारीको बैठकले रिक्त रहेको पार्टीको अध्यक्षमा सह अध्यक्ष खेम बहादुर दहाललाई सर्वसम्मत नियुक्ति गरेको जनाएको छ । यसैगरि सह अध्यक्षमा हिमा राई, उपाध्यक्षमा कुलबहादुर तामाङ र कालीका देवि सार्की र सहसचिवमा मिलन तामाङलाई जिम्मेजारी प्रदान गरेको छ ।

हाल देशमा भएको भ्रष्टचार, महंगी, कालोबजारी तथा बेथितिको बिरुद्ध सधैं खबरदारी गर्दै आईरहेको जसपा दमक नगरले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएको एक महिना भित्रमा अधिबेशन गर्ने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर