प्रदर्शनको तयारीमा चलचित्र ‘सोल अफ द कमाण्डो’ - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदर्शनको तयारीमा चलचित्र ‘सोल अफ द कमाण्डो’

दमक । गोर्खा सैनिकको जीवन कथामा निर्माण भएको फिल्म ‘सोल अफ द कमान्डो’को नेपालसहित बेलायत र क्यानडाका लागि प्रदर्शन मिति घोषणा गरिएको छ ।

ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका रहेको फिल्म मंसिर २ गतेबाट नेपालमा प्रदर्शन हुनेछ भने अगस्ट २७ मा बेलायत र सेप्टेम्बर २४ र २५ मा क्यानडामा प्रदर्शन हुने निर्देशक युवराज (वीरबहादुर) राईले जानकारी दिए ।

चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बुलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको प्रस्तुतकर्ता विजया राई, रवि थापा, धन लिम्बु र मिलन राई हुन् । यस्तै कार्यकारी निर्मातामा विजय एल राई र निर्मातामा मिलन राई र धन लिम्बू रहेका छन् ।

सिलिचुङ फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा दिर्घ गुरुङको छायाँकन, एनबी महर्जनको द्वन्द्व रहेको छ भने राजेश पायल राई र बबिना किरातीले गीतमा स्वर तथा सन्तोष दुमी र आनन्द राईको संगीत रहेको छ ।

अभिनेता राईले फिल्मको प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा खर्च गर्ने जानकारी दिए । राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी समेत हुन् ।

अभिनेता राई ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा थुप्रै पदकहरु जितिसकेका उनले १९८४ बाट अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका थिए । नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान लगायतका देशमा उनले कयौं खेल जितेका छन् । ‘सोल अफ द कमान्डो’मा उनलाई दर्शकले एक्सन अवतारमा देख्न पाउनेछन् ।

ट्रेलर हेर्नुहोस्…

सम्बन्धित खवर