पाँचथरका बिद्यालयहरुमा प्राबिधिक शिक्षाको माग, बालबिकासहरु रातो बंगला मोडलमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरका बिद्यालयहरुमा प्राबिधिक शिक्षाको माग, बालबिकासहरु रातो बंगला मोडलमा

  • खनाल बिन्दु

काठमाडौं । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपाने सहितको प्रतिनिधिमण्डलले बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेल सुनिललाई भेटि फिदिम नगरपालिका र जिल्ला भरिका शैक्षिक समस्याका बारेमा जनकारी गराएका छन् ।

प्रतिनिधि मण्डलका तर्फबाट उपमेयर न्यौपानेले जिल्लाका शैक्षिक गुणस्तर सुधार, शिक्षक दरवन्दी, विद्यालयहरुको भौतिक अवस्था सुधार र प्राविधिक शिक्षालयका बारेमा ध्यानाकर्षण गराएकी थिईन ।

यसैगरि मेयर काफ्लेले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार बिकासमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटघाटको क्रममा फिदिम नगरपालिकाको बिकट वडा नं. १४ को महादेव गुप्तेश्वर मा.बि. फूल्पा सहित वडा नं.१२ को सिध्देदेवी मा.बि. नाङ्गिन र वडा नं. ७ को रानीटार मा.बि.रानीटारमा सिटीईभिटी अन्तर्गतका प्राविधिक बिषयको पठन–पाठन गराउन स्वीकृति प्रदान गर्न माग गरेको छ ।

प्रतिनिमण्डलले राखेका माग र छलफलका क्रममा राखेका सुझावको मन्त्री पौडेलले सकारात्मक रुपमा लिँदै मन्त्रालयबाट गरिने सहयोगको लागि कुनै कसर बाँकि नराखिने आश्वासन दिए ।

मन्त्री पौडेलले सिटिईभिटी मार्फत प्राविधिक शिक्षाका कार्यक्रम संचालन गर्ने बिषयमा नीतिगत निर्णय भैसकेको जानकारी गराउँदै पालिकाहरुले सिटिईभिटीमा पनि माग गरि जानकारी मन्त्रीलाई पठाउन सुझाव समेत दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माका स्वकिय सचिव तथा माओबादी केन्द्र १ न. प्रदेश समिति अध्यक्ष हर्क नेम्वाङ् मिक्सोको संयोजनमा भएको प्रतिनिधि मण्डलमा उपमेयर न्यौपानेका अतिरिक्त माओबादी केन्द्र सम्पर्क समन्वय समिति प्रचार बिभाग सदस्य बिन्देश्वर खनाल, हटपाटी अनलाईनका देवेन्द्र सम्वाहाङ्फे लगायतको सहभागिता रहेको थियो ।

यसैगरि बुधबारनै मेयर र उपमेयरले रातो बंगाला स्कुल पुगि फिदिम नगरपालिकाका सबै वडामा रहेका बालबिकास केन्द्रहरुमा रातो बंगला मोडलमा पठन–पाठन गराउने बिषयमा अध्ययन गरि बिद्यालय प्रशासनसँग छलफल समेत गरेका छन् ।

बिद्यालयसँग भएको छलफलमा फिदिम नगरपालिकाका सबै बालबिकास केन्द्रमा रातो बंगाला स्कुल र फिदिम नगरपालिकाका लागत सहभागिता पठन–पाठन गराउने सहमति भएको र नगरपालिका र रातो बंगला स्कुल बीचमा तत्काल सम्झौता हुने भएको उपमेयर न्यौपानेले बताईन् ।

उपमेयर न्यौपाने शिक्षा क्षेत्रमा दख्खल राख्ने भएकोले वहाँले ल्याएका योजना र राख्नु भएको धारणामा आफ्नो पूर्ण समर्थन र सहयोग रहेको र मेयर–उपमेयर दुबै मिलेर नगरपालिकाको शैक्षिक बिकासमा आमूल परिवर्तन गरि नमुना नगरपालिका बनाउने दृढ्ता मेयर काफ्लेले ब्यक्त गरे ।

सम्बन्धित खवर