बिराटनगरमा आज लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुदैं - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिराटनगरमा आज लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुदैं

दमक । बिराटनगरमा आज(बिहिबार) लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेश नं. १ को नामाङकन लिम्बवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम हुदैछ । समितिको मंगलबार विराटनगरमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

आज विहीबार विराटनगरस्थित नमस्कार रिजेन्सी होटलको सभाहलमा प्रदेशका मन्त्री, प्रदेश सदस्य, बुद्धिजिवी, संघर्ष समितिमा आबद्ध ३५ घटकका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिने किरात याक्थुङ् चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताइन् ।

प्रदेश नं. १ को नामाकरण विषय पेचिलो बन्दै गइरहेको बेला सडकमा कियाचूको समन्वयमा संगठित भएको समितिले गत ५ गते देखि प्रदेशको राजधानी विराटनगरमा विरोध सभा, ¥याली र धर्ना कार्यक्रम निरन्तर जारी राखेको छ । पहिचान र भूगोल तथा ऐतिहासिकताको आधारमा सबै जाती वर्गलाई समेट्ने गरी प्रदेशको नाम लिम्बुवान, किरात राख्नु पर्ने माग राख्दै आन्दोलन जारी राखेको छ ।

वि.सं. १८३१ साउन २२ को लिम्बुवान, गोर्खा सन्धीलाई मान्ने हो भने आजभन्दा अढाईसय बर्ष अघि इतिहासलाई मान्ने हो भने पहिचानको आधारमा नामाङ्कन गर्ने आधार प्रदेश नं. १ मा भएको हुँदा अहिलेलाई प्रदेश सदस्यहरुले लिम्बुवान, किरात नामाङ्कन नै उपयुक्त भएको आन्दोलनकारीहरुको जिकीर रहेको छ ।

आन्दोनकारीहरुले प्रदेशको नामाङकन लिम्बुवान, किरात नभएमा देशमा स्थायी शान्ति र अमनचयन नहुने मात्र होइन देश द्वन्द्वतर्फ धकेलिने समेत चेतावनी दिएका छन् ।

 

सम्बन्धित खवर