मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय


काठमाडौं । आगमी मंसिर ४ गते सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघ र प्रदेशको निर्वाचन मंशिर ४ एकै चरणमा गर्नेगरी मिति घोषणा गरेको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो ।

प्रधानमन्त्री देउवाले मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।

सम्बन्धित खवर