दहाल नेतृत्वको जसपा दमक नगर समिति आधिकारीक नभएको दुलाल नेतृत्वको खुलासा - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दहाल नेतृत्वको जसपा दमक नगर समिति आधिकारीक नभएको दुलाल नेतृत्वको खुलासा

दमक । जनता समाजबादी पार्टी(जसपा) नेपाल दमक नगर समितिको अध्यक्षमा खेम बहादुर दहाल चयन गरिएको निर्णय सत्य नभई भ्रमक भएको जसपा दमक नगर इन्चार्ज गंगा प्रसाद दुलाल नेतृत्वले खुलासा गरेका छन् ।

बिहिबार झापाको दमक १ कुमाल चौकमा दुलाल नेतृत्वले पार्टी कार्यलय उद्धघाटन तथा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष खेम बहादुर दहाल र सचिव सुनिल राई भनेर पार्टीले कुनै पनि जिम्मेवारी नदिएको खुलासा गरेका हुन् ।

बिज्ञप्तिमा तत्कालिन जसपा नगर अध्यक्ष भेषराज भट्टराई पनि पार्टी परिवर्तनगरि डा. भट्टराई समूहमा ज्ञाने निश्चित भएपछि भट्टराईले नै नगर समितिको पदाधिकारीको बैठक बोलाई पद हस्तान्तरण गर्ने प्रयास गरेकोमा सह अध्यक्ष खेम बहादुर दहाल र उपाध्यक्ष महेन्द्र चाम्लीङ दुई जना आकाक्षी भएपछि सफल नभएको जनाइएकोे छ ।

छलफलको क्रममा उपस्थित पदाधिकारीको बहुमतले उपाध्यक्ष महेन्द्र चाम्लीङलाई अध्यक्ष बनाउने सहमती भएतापनि सह अध्यक्ष खेम बहादुर दहाल नमानेपछि उत्त भेलाका सहभागि केन्द्रिय सदस्य द्वय देउ कुमार नेम्वाङ, हरिदेवी राई प्रदेश सदस्य धिरेन लावती, क्षेत्रिय अध्यक्ष ओम माया आङदेम्बे, क्षेत्रिय इन्चार्ज धिरेन सम्बाहाम्फेको रोहवरमा बसि छलफल गर्दा दुवै जनाले आ–आफ्नो अडान नछाडेपछि खेम बहादुर दाहाल र महेन्द्र चाम्लीङकै सहमतिमा नगर इन्चार्ज गंगा प्रसाद दुलाललाई नगरको अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नगरको नेतृत्व तथा सम्पुर्ण जिम्मेवारी प्रदान गरिएकोमा खेम बहादुर दहाल र सुनिल राई आफैले गराएको निर्णय उल्लघन गरेर पार्टीको निर्णय बिपरित गतिविधि गर्दै आएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत साउन १० मा बसेको पार्टीको पदाधिकारीको बैठक तथा साउन १४ को पार्टीको पुर्णभेला भनिएकोमा यसमा कुनै सत्यता नभएको साथै पूर्ण भेलाबाट अनुमोद गरिएको भन्ने समाचार सत्यता नभई भ्रामक मात्र भएको साथै साउन १५ मा पत्रकार मञ्चको कार्यालयमा आयोजित गरिएको पत्राकार सम्मेलन आधिकारीक नभएको भन्दै दुलाल नेतृत्वको जसपा पार्टीनै आधिकारीक भएको पार्टीका क्षेत्रीय अध्यक्ष ओम माया आङदेम्बे र नगर इन्चार्ज गंगा प्रसाद दुलालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।

यसैगरि बिज्ञप्तिमा पार्टी भित्र बसेर पार्टीको हित विपरीत यस्तोकार्य गर्न छुट जो कसैलाई पनि छैन अब उपरान्त यस्तो प्रकारको हर्कत गर्ने गराउने जो कसैलाई पनि पार्टीको नियम बमोजिम कार्वाही समेत गर्न सकिने भएको हुदा एक पटकका लागि सचेत गराईएको उल्लेख गरिएको छ ।

यता दहाल नेतृत्वले भने निवर्तमान अध्यक्ष भेषराज भट्टराईसहित उपाध्यक्ष तुलसी ढुङगाना, सहसचिव नानु पौड्यल, सदस्यहरु चन्द्र धौराली, गोपाल तामाङ, पुजन बञ्जरा, करिसा लिम्बू, ज्योती लिम्बू, युवराज तामाङ, सन्तोष अधिकारी, अविन जंग कार्की, सुबोध राजबंशी, राधिका लिम्बू, दिल कुमार पन्धाक, सुमन बुढाथोकी, नर्वु योङहाङ, बिपुल गुरागाई, सम्झना योङहाङ, गोपाल लाखे र पुरुषोत्तम राई लगायतलाई पार्टीबमट निष्कासन गरी पार्टीको अध्यक्षमा सह अध्यक्ष खेम बहादुर दहाललाई सर्वसम्मत नियुक्ति गरेको पत्रकार सम्मेलन मार्फत नै जनाएको छ ।

यसैबीच जसपा दहाल नेतृत्वको दमक नगर समितिले साउन २० गते दमक–८ स्थित ट्याक्सी स्टेण्डमा पार्टी कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापनाको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

दहाल नेतृत्वले जसपा दमक नगर समितिको अधिवेशन प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएको १ महिनापछि सम्पन्न गरिनेसमेत जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौं ३१ गतेभित्र नगर समिति मातहतका सबै जनवर्गीय संगठनहरु गठन, पूनर्गठन कार्य सम्पन्न गरिने र असोज ३१ गतेसम्ममा पार्टीका वडा समितिहरु गठन, पूनर्गठन हुने बताइएको छ ।

केन्द्रीय सदस्य तथा झापा जिल्ला संयोजक नित्य नन्द ताजपुरियाको प्रमुख आतिथ्यमा केन्द्रीय सदस्यद्वय भक्त खेवाङ, देउकुमार नेम्बाङ समेत उपस्थिति रहेको कार्यक्रममा प्रमूख अतिथि ताजपुरिया केन्द्रीय सदस्यद्वय खेवाङ र नेम्बाङले शूभकामना मन्तव्य राखेका थिए ।

दमक नगर इन्चार्ज गंगा दुलालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महेन्द्र चाम्लीङ र स्वागत मन्तव्य गंगा राईले गरेकी थिईन् ।

 

 

सम्बन्धित खवर