दिनेश माङमुको निर्देशनमा ‘भेट्नलाई आए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘भेट्नलाई आए’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कोरियोग्राफी र निर्देशनमा व्यस्त रहेका निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायक भिषन राई र गायीका मेलिना राईको आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘भेट्नलाई आए’ सार्वजनिक गरिएको छ ।

युवराज राई(बीर बहादुर)को छायाँकन, नारायन आलेको सहायक छायाँकन रहेको भिडियोमा किशोर सम्बाहाङफे, निरन्जली लामा, आर.बी. थाङदेन, सोलु थोक्लेङ, दीपना लावतीले अभिनय गरेका छन् ।

भिषन राईको शव्द तथा संगीतमा नोर्बु शेर्पाको संगीत संयोजन रहेको गीतको रेकर्डिङ श्याम लिम्बूले श्रद्धा रेकर्डिङ स्टुडियोमा गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ दिपेश प्रधानले गरेका हुन् ।

रोश्नी चलचित्र प्रडक्सनको प्रस्तुतिमा इन्द्र माया मादेन र रोश्नी प्रधानको निर्माणमा बनेको भिडियोमा लोकेश थापाको मेकअप, कृष्ण सुबेदीको प्रडक्सन, किशोर थारुको सहायक प्रडक्सन, श्याम कुवँरको कलर र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर