जसपा दमक नगरद्वारा कार्यालय उद्घाटनसँगै रक्तदान कार्यक्रम सम्पन्न - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा दमक नगरद्वारा कार्यालय उद्घाटनसँगै रक्तदान कार्यक्रम सम्पन्न

दमक । जनता समाजवादी पार्टी, नेपाल (जसपा) खेम दहाल नेतृत्वको दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटनसँगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा चाम्लिङसहित जसपा प्रदेश नं १ सदस्य पदमकुमारी राई (लिम्बू), समाजवादी विद्यार्थी युनियनका उप–महासचिव दिनेश दंगाल, ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य कुलबहादुर तामाङ (अनिल), झापा जिल्ला अध्यक्ष मिलन योगी, जसपाबाट निर्वाचित दमक १० का वडा सदस्यद्वय भूमिका आचार्य र रेनुका दर्जी, दमक १० का जसपा वडा अध्यक्ष तोर्ण भट्टराईलगायत नेताहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी शिक्षक संघका उप–महासचिव प्रकाश सुवेदीलगायत अधिकांश विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

दमक रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको उपशाखाका रक्त सञ्चार प्रयोगशाला प्रमुख सिद्धार्थ दाहालले जानकारी दिए ।

जसपा क्षेत्र नम्बर ५ (ख) का अध्यक्ष दिपक न्यौपानेले स्वागत गरेको कार्यक्रममा जसपा दमक सचिव सुनिल राईले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर