भट्टराई र यादव नेपाल समाजवादी पार्टीको अध्यक्षमा चयन - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भट्टराई र यादव नेपाल समाजवादी पार्टीको अध्यक्षमा चयन

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव नेपाल समाजवादी पार्टीको अध्यक्षमा चयन भएका छन् ।

शनिबार ललितपुरमा बसेको पार्टीको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो ।

बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ ।

यसैगरि प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।

पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ ।

 

 

सम्बन्धित खवर