हाङको निर्देशनमा शान्ता केरुङको पालम ‘लाम्देङमा मिम्जी २’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा शान्ता केरुङको पालम ‘लाम्देङमा मिम्जी २’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । ख्याती कमाई रहेका अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार शान्ता केरुङको पालाम ‘लाम्देङमा मिम्जी २’ सार्वजनिक गरिएको छ ।

गायक जीवन केदेम लिम्बू र गायीका निरन्ता नेम्बाङको मनछुने आवाजमा चारखोले लय कलेक्सन रहेको पालाम ‘लाम्देङमा मिम्जी २’ लिम्बू कल्चर कृएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम ‘लाम्देङमा मिम्जी’को अपार सफलता पछि सार्वजनिक गरिएको ‘लाम्देङमा मिम्जी २’मा दीप केरुङ लिम्बू र संगीता लावती लिम्बूले अभिनय गरेका छन् ।

इसाक जवेगु र धिरेन तुम्बापोको छायाँकन रहेको पालाममा इसाक जवेगुकै सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर