स्याङ्जा परिवार किम्हे बुसान द्वारा बालगृह सहयोगार्थ ए मेरो हजुर ४ प्रदर्शन गर्ने - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्याङ्जा परिवार किम्हे बुसान द्वारा बालगृह सहयोगार्थ ए मेरो हजुर ४ प्रदर्शन गर्ने

माङसेबुङ । स्याङ्जा परिवार किम्हे बुसान साखा द्वारा यहि आउँदो अगष्ट १४ मा कोरियाको दोस्रो ठुलो शहर किम्हे/बुसानमा, नेपालमा भब्य सफल प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ४“ प्रदर्शन गर्ने भएको छ ।

यस चलचित्र प्रदर्शन गर्नु को उदेश्य स्याङ्जा जिल्लामा रहेको एक मात्र बालगृहलाई सहयोग गर्नु रहेको जनाएको छ ।

अमोर सेवा नेपाल द्वारा संचालीत यस बालगृह स्याङ्जाको फेदिखोलामा संचलानमा रहेको छ । यसै बालगृहको लागि भवन निर्माणमा सहयोग गर्ने मुल उदेश्यका साथ यस चलचित्र प्रदर्शन गर्न लागिएको भनेर स्याङ्जा परिवार किम्हे/बुसान साखाका अध्यक्ष कमल अर्यालले बताए ।

सम्पुर्ण नेपाली चलचित्र प्रेमी दाजुभाई दिदिबहिनीहरुलाई मनोरञ्जन साथै समाज सेवामा हातेमालोका लागी उपस्थित जनाईदिनुहुन हार्दिक निमन्त्रणा समेत गरिएको अध्यक्ष अर्यालले बताए ।

सम्बन्धित खवर