लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएमा आन्दोलन चुप नरहेने उद्घोष - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएमा आन्दोलन चुप नरहेने उद्घोष

विराटनगर । प्रदेश १ को नामाङकन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश घोषणा नगरिएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।

संयुक्त संघर्ष समितिले आइतबार प्रदेश संसद भवन अगाडि लिम्बुवान, किरात प्रदेश नामाङकन घोषणा गराउने माग राख्दै पुनः धर्ना कार्यक्रमको आयोजना गरेका हुन् ।

आजभन्दा २ सय अडचालिस बर्ष अगाडि बि.सं. १८३१ साउन २२ गते आजैको दिन लिम्बुवान र गोर्खा राज्य बिच भएको लालमोहर ननुपानीको सान्धी एउटा ऐतिहासिक दस्तावेज बोकेको यो आन्दोलन अब त्यतिकै नरोकिने धर्ना कार्यक्रमका वक्ताहरुले बताए ।

३५ घटक रहेको संघर्ष समितिले चरणबद्ध आन्दोलनको रुपमा धर्ना कार्यक्रममा सरिक भईरहेको छ । साउन ५ गते बृहत जनप्रदर्शन सहित मुख्यमन्त्री कार्यालय र संसद सचिवालय भवन घेराउ कार्यक्रम सँगै साउन १० गते, साउन १७ गते र आज पुनः तेस्रो धर्ना कार्यक्रम आयोजना गरेको हो । प्रदेश संसदको अधिवेशन जुनदिन चल्छ सोही दिन धर्ना जारी राखेको संघर्ष समितिले संसद चलेमा यो कार्यक्रम निरन्तर रहने कियाचु अध्यक्ष प्रेम एक्तेनले बताए ।

कार्यक्रमलाई चर्चित पहिचानवादी साहित्यकार युग पाठक, राजन मुकारुङ्, नेपाली आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोविन्द छन्त्याल, कियाचू महासचिव निरन्ती तुम्बापो, पश्चिात खसानबाट संघीय खसान मञ्चका अध्यक्ष रघुवीर सिंह ठगुन्ना, दलित मञ्चकी अध्यक्ष शर्मिला वागचन्द , लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका उपमहासचिव मौसम लिम्बु, जसपा लिम्बुवान राष्ट्रिय समितिका भक्त खेवाङ लिम्बु, धिमाल स्वायत्त क्षेत्रका अध्यक्ष वाङगाई धिमाल, किरात लिम्बु संघका त्रिवेणी चोङबाङले लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएमा आन्दोलन चुप नरहेने उद्घोष गरेका छन् ।

यसरी नै कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध लिम्बु संघका प्रतिनिधि, विभिन्न साहित्यकारहरुबाट पहिचानवादी कविताहरु, केलाङ र येवालाङ् लगायत सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मुख्य सचिव मधुराज केरुङ र केदार धिमालले संयुक्त रुपमा संचालन गरेका थिए ।

 

सम्बन्धित खवर