इसिकालाई ‘नढाँटन हौ’ भन्दै आए दिपक लिम्बू(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसिकालाई ‘नढाँटन हौ’ भन्दै आए दिपक लिम्बू(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक दिपक लिम्बूले ‘नढाँटन हौ’ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

डम्बर नेपालीको शव्द तथा संगीतमा सजिएको गीत ‘नढाँटन हौ’ रुबुसा च्यानल अफिसिल युट्यूव च्यानलबाट सार्वजनिक गरेको भिडियोमा दिपक लिम्बू आफैले अभिनय गरेका छन् ।

युवराज वाइवाको कथा तथा निर्देशनमा आफूभन्दा धेरै कान्छीलाई सानै उमेरमा भगाएर ल्याएर उनका आवश्यकताहरु पुर्ति गर्न नसक्दाको पिडा व्याथा र जीवन संघर्षका कुराहरु प्रस्तुत गरिएको भिडियोमा दिपक लिम्बूलाई इसिका जबेगु लिम्बूले अभिनयमा साथ दिएकी छन् भने, उत्तम केसीको पनि अभिनय रहेको छ ।

महेश पौडेलको छायाँकन, कविन खड्काको सृङगार, बिकास दहालको सम्पादन रहेको भिडियोमा लोमुस पौडेलले सहायक निर्देशन गरेका हुन् ।

देबेस राईको संगीत संयोजनमा ए प्लस स्टुडियोमा रेकर्ड गरिएको दिपक र डम्बरको गीति एल्बम ‘समायोजन’मा समाबेश गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर