आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार सटेन्द्र जबेगूलाई प्रदान गरियो(फोटो फिचर) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार सटेन्द्र जबेगूलाई प्रदान गरियो(फोटो फिचर)

पुरस्कार तथा सम्मान ग्रहण गर्दै पत्रकार सटेन्द्र जबेगु

इलाम । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामका संस्थापक सचिव तथा अग्रज पत्रकार सटेन्द्र जवेगूलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

गमलामा पानी सिचिंत गदै प्रमुख अतिधि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार फोनिज इलामले स्थापना गरेको सो पुरस्कार पहिलो पटक जबेगूलाई प्रदान गरिएको हो ।

सम्मान ग्रहण गर्दै जनप्रतिनिधि कुमार गुरुङ

उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले दोसल्ला ओडाएर साथै सम्मान पत्र र नगद १० हजारको चेक हस्तानतरण गर्दै सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै जनप्रतिनिधि ख्याम भुजेल

विगत दुई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू फोनिज इलामका सल्लाहकार हुन् । स्थानीय इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगूले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र इलामका अध्यक्ष भएर काम गरिसकेका छन् ।

सम्मान ग्रहण गर्दै निजामती कर्मचारी सुमन लावती

यसैगरि फोनिज इलामले फोनिजमा आवद्ध भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका पूर्व फोनिजकर्मीहरुलाई सम्मान पत्र र खदा ओढाएर सम्मान गरेको छ ।

सम्मान ग्रहण गर्दै निजामती कर्मचारी अशोक लिम्बू

सम्मानित हुनेहरुमा फोनिज इलामका सल्लाहकार एवम् सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेल, फोनिज इलामका सदस्य एवम् सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य कुमार गुरुङ, फोनिज सदस्य एवम् नासु पशु स्वास्थ्य प्राविधिक सुमन लावती र फोनिज सदस्य एवम् माईजोगमाई गाउँपालिकाका कम्प्युटर अपरेटर (पाँचौ तह) अशोक लिम्बूलाई रहेका छन् ।

कार्यक्रम समापन गर्दै अध्यक्ष राम योङहाङ

प्रमुख अतिथि राईले गमलामा पानी सिंचित गरेर उद्वघाटन गरेको फोनिज स्थापना दिवस कार्यक्रममा बिशेष अतिथि इलाम नगरपालिकाका प्रमुख केदार थापा, अतिथिहरु फोनिज प्रदेश १ का सदस्य अतित योङहाङ, फोनिज इलामका सल्लाहकार सोनु मुखिया, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारी नेपाल इलामका अध्यक्ष भीम चापागाई, नेपाल प्रेस युनियन इलामका अध्यक्ष सविता पाण्डे, प्रेस मञ्च नेपाल इलामका सचिव काकीराम लावती, फोटो पत्रकार महासंघ इलामका अध्यक्ष राजेश पराजुली लगायत फोनिजका संघीय र प्रदेश प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

मन्तव्य राख्दै फोनिज प्रदेश १ का सदस्य अतित योङहाङ

कार्यक्रममा प्रमुख अतिथि जयप्रकाश राई, बिशेष अतिथि केदार थापा, पुरस्कृत व्यक्तित्व सटेन्द्र जबेगू, सम्मानितहरुको तर्फ बाट ख्याम भुजेल, अतिथिहरु अतित योङहाङ र विप्लव भट्टराईले मन्तव्य रखेका थिए ।

मन्तव्य राख्नु हुदैं नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष

फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष याम माबोहाङले स्वागत मन्तव्य तथा पुरस्कार र सम्मानको बारेमा प्रकाश पारेका थिए भने। सञ्चालन सहसचिव सृजना श्रेष्ठले गरेकी थिईन ।

स्वागत मन्तव्य राख्दै उपाध्यक्ष याम मावोहाङ

फोनिज इलामले स्थापना गरेको पुरस्कार पहिलो पटक वितरण गरेकोे हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको अध्यक्ष योङहाङले बताए ।

कार्यक्रम सञ्चालन गर्दै सहसचिव सृजना श्रेष्ठ

योङहाङका अनुसार पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस÷पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने गरिने बताए ।

पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरु

कार्यक्रम समापन पछिको सामुहिक तस्विर

कार्यक्रम स्थलमा सहभागीहरु 

प्रमुख अतिथि जयप्रकाश राई मन्तव्य राख्नु हुदैं

बिशेष अतिथि केदार थापा मन्तव्य राख्नु हुदैं

पुरस्कृत तथा सम्मानित व्यक्तित्व सटेन्द्र जबेगु मन्तव्य राख्नु हुदैं

सम्बन्धित खवर