फोनिज पत्रकारिता पुरस्कार सेर्मालाई, खजुमलाई उदयीमान पुरस्कार - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज पत्रकारिता पुरस्कार सेर्मालाई, खजुमलाई उदयीमान पुरस्कार

पान्थर । फोनिज पाँचथरका पूर्व अध्यक्ष कबिन्द्र सेर्मालाई ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गरिएको छ ।

शुक्रबार नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा सो पुरस्कार सेर्मालाई प्रदान गरिएको हो ।

सेर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले ५० हजारको राशि सहित पुरस्कृत गरेको छ ।

यसैगरि ‘फोनिज उदयमान पत्रकारिता पुरस्कार–२०७९’बाट सुनिता खजुम पुरस्कृत भएकी छन् । खजुमले नगद ५ हजार ५ सय ५५ रुर्पौँयाको पुरस्कार प्राप्त गरेकी छन् ।

पुरस्कृत तथा सम्मानित दुवैलाई प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।

सेर्मालाई प्रदान गरिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएको अध्यक्ष बम्जनले दाबी गरेका छन् ।

सम्बन्धित खवर