- आन्छुमे नसान
माङसेबुङ । गायीका मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘अन्ताक्षरी’ सार्वजनिक गरिएको छ ।
गीतकार लीलाराज काम्बाङको शव्दभावहरुमा गायीका मेचु धिमालकै संगीतमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘अन्ताक्षरी’ गायीका मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मेचु धिमालकै कथा, परिकल्पना, कोरियोग्रफी तथा निर्देशन रहेको माया र प्रेमका भावहरुलाई समेटिएको भिडियोमा गायिका मेचु आफै र गायक सुप्रिम मल्ल ठकुरीले अभिनय गरेका छन ।
इशाक जगेवुको छायाँकन, सम्पादन तथा कलर रहेको भिडियोमा धिरेन तुम्बापोको लाईट र सन्जु थलङको मेकअप रहेको छ ।
विसम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यलेनै गरेका छन् ।
भिडियो हेर्नुहोस…