लिम्बू भाषाको पालाम ‘मारोती फुङ’ को रेकर्डिङ सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू भाषाको पालाम ‘मारोती फुङ’ को रेकर्डिङ सम्पन्न

काठमाडौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’ को रेकर्डिङ सम्पन्न भएको छ ।

आइतबार काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा पालाम ‘मारोती फुङ’ को रेकर्डिङ सम्पन्न भएको हो ।

सागर केरुङ्को शब्द र नरेश वनेम फागोको लय संकलन रहेको पालाममा निरन्ता नेम्बाङ र नरेश वनेम फागोले स्वर दिएका छन ।

मोनि ताम्लिङ्को एरेन्ज रहेको पालामलाई शुक्रराज चेम्जोङ र झनुहाङ पाङ्बो लिबाङ्ले निर्माण गरेका हुन ।

यस पालामलाई याक्थुङ फिल्म्स युट्यूब च्यानलबाट सार्वजनिक गरिने गायक वनेमले बताए ।

सम्बन्धित खवर