निर्वाचन आयोगमा मंसिर ४ को निर्वाचनका लागि ८४ दल दर्ता - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगमा मंसिर ४ को निर्वाचनका लागि ८४ दल दर्ता

दमक । निर्वाचन आयोगमा आगमी मंसिर ४ मा हुने प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभा निर्वाचनका लागि ८४ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार साउन ३१ गतेसम्मका लागि तोकिएको दल दर्ता समयसीमाभित्र यस पटक ८४ वटा दल दर्ता भएका हुन् ।

आयोगको दर्ता विवरण अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

मंगलबारसम्म दर्ता भएका राजनीतिक दलका बारेमा बुधबार (आज) बाटै निर्वाचन आयोगले आवश्यक जाँचबुझ सुरु गर्ने जनाएको छ ।

जाँचबुझका क्रममा दल दर्ताका क्रममा पेश भएका कागजपत्र सही छन् कि छैनन् हेर्ने र नपुग कागजपत्र मगाउने काम आयोगले बताइएको छ ।

दर्ता भएका मध्ये नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एकल चुनाव चिन्हमा चुनाव लड्ने उल्ल्खे गरेका छन् ।

त्यस्तै सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टीले पनि मिलेर एकल चुनाव चिन्हमा निर्वाचन लड्ने उल्लेख छ ।

त्यसैगरी नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीबीच पनि एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने सहमति बमोजिम दल दर्ता भएको आयोगले जनाएको छ ।

 

सम्बन्धित खवर