अमेरिकाको न्युयोर्कमा ‘आखेन नुमा तरेमे’ को छायाँकन सम्पन्न - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाको न्युयोर्कमा ‘आखेन नुमा तरेमे’ को छायाँकन सम्पन्न

माङसेबुङ । गायक तथा संगीतकार जेपी नेम्बाङ र गायीका तथा नायीका पुष्पा लिम्बूको आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत मा ‘आखेन नुमा तरेमे’ को छायाँकन अमेरिकाको न्युयोर्कमा सम्पन्न गरिएको छ ।

सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार जेपी नेम्बाङ कै संगीतमा सजिएको गीत ‘आखेन नुमा तरेमे’ को छायाँकन बिहिबार निर्देशक किशोर सुव्वाको निर्देशनमा सम्पन्न गरिएको हो ।

गत अगस्ट ६ देखि न्युयोर्कको वरिपरि छायाँकन् गरिएको भिडियोमा सुमन थाम्सुहांङ र सम्झना लाबुंङको मुख्य भुमिका रहेको छ ।

जेपिजे ईन्टरटेनमेन्ट को निर्माणमा विजेता लिम्बू र सम्राट कार्कीको समेत अभिनय रहेको भिडियालाई सम्राट कार्कीले छायाँकन गरेका छन् ।

 

सम्बन्धित खवर