काठमाडौं । देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिवमा चयन भएका छन् ।
मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले महासचिव गुरुङसहित २० जना पदाधिकारी चयन गरेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका २० जना पदाधिकारी प्रस्ताव गरेकामा सर्वसम्मत निर्णय भएको माओवादी स्रोतले जनाएको छ ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा, उपमहासचिवमा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत चयन भएका छन् ।
यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की, कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।
यसअघि पार्टीको महासचिवका लागि अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा प्रभाकर र पूर्व उर्जामन्त्री वर्षमान पुन अनन्तबीच को पार्टीको महासचिव बन्ने भन्ने बारेमा लामो समय अन्तरसंघर्ष चलेको थियो ।