- पदम सुखी सम्बाहाम्फे
तेह्रथुम ५, भादौ । कृष्ण जन्माष्ठमी लाखे जात्राको अवसरमा म्याङ्लुङ नगरपालिकाको तेह्रथुम बजारमा खुल्ला लिम्बू भाषाको पालाम प्रतियोगिता आज सम्पन्न भएको छ ।
सस्कार सस्कृतिको प्रवर्द्धन गरौ लिम्बू पालामलाइ संरक्षण गरौ भन्ने मुल नाराका साथ भएको पालाम प्रतियोगितामा ७ समूहले भाग लिएका थिए ।
म्याङ्लुङ नगरपालिका तेह्रथुम को आर्थिक सहयोगमा भएको सो कार्यक्रममा लाङ्देङमा समुह धरान प्रथम भएका थिए भने फुङसेमी सबनाम र पाचथरको रानिगाउ समूह दोस्रो भएका छ्न । यसैगरी म्याङ्लुङ नगरपालिकाका स्थानीय समुहले तेस्रो स्थान र चन्द्रकला लिवाङ समुहले सान्त्वना पुरस्कार पाएका छन ।
म्याङ्लुङ स्पोर्टिङ युवा क्लब द्वारा आयोजित उक्त पालाम प्रतियोगितामा लिम्बू समुदाय भित्र प्रचलित रहेको धाननाच सङ्गै भनिने पालाम लिम्बु जातिको अमुल्य सस्कार सस्कृती भएकोले संरक्षण गर्नु पर्ने बताइएको छ ।
तेह्रथुम जिल्ला ढाकाको पहिचान भए जस्तै भाषा कला सस्कृतिको सम्बर्द्धन हुनु जरुरी भएको नगर प्रमुख सन्जयकुमार तुम्बाहम्फेले बताउनु भएको छ । उक्त कार्यक्रममा प्रथम दोस्रो तेस्रो र सान्त्वना नगद तथा प्रमाणपत्र दिइएको थियो ।
उक्त कार्यक्रममा म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख सन्जय कुमार तुम्बाहाम्फेको प्रमुख आथित्यतामा थियो भने । उपप्रमुख जमुना सुवेदी, म्याङ्लुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई, लेखा अधिकृत गोपाल कृष्ण लिम्बू, समाजसेवी प्रेम तुम्बाहाम्फे, किरात याक्थुङ चुम्लुङ्का प्रदेश सदस्य दिलु सुब्बा र म्याङ्लुङ स्पोर्टिङ क्लबका सदस्य तथा मेन्छ्यायेम एफएमका संचारकर्मी राजकुमार तेयुङ तरेवा लगायतको उपस्थिति रहेको थियो ।