इन्दिरा र भुपेनको आवाजमा ‘कहिले यहाँ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्दिरा र भुपेनको आवाजमा ‘कहिले यहाँ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ १३, माङसेबुङ । गायीका इन्दिरा नेम्बाङ लिम्बू र गायक भुपेन आवाजुङ लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘कहिले यहाँ’ सार्वजनिक गरिएको छ ।

भुपेन आवाजुङ लिम्बूको शव्द तथा संगीतमा भुपेन आवाजुङ लिम्बूकै निर्देशन रहेकोे ‘कहिले यहाँ’ भिडियो गायीका इन्दिरा नेम्बाङको अफिसियल युट्यूव च्यानल बाट सार्वजनिक गरिएको हो ।

शीर कुमार सम्पाङ राईको कलर तथा छायाँकनमा बसन्त वाम्बुले राईको सम्पादन र पव्लिसिटी रहेको भिडियोमा इन्दिरा नेम्बाङ र भुपेन आवाजुङ लिम्बूले अभिनय गरेका छन् ।

स्टुडियो म्यूजिक मिडिया धरानमा रेकर्डिङ गरिएको गीतको संगीत संयोजन तथा रेकर्डिङ बिजय श्रेष्ठको रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर