प्रतिनिधि सभाको उम्मेदवारमा लिङदेन र केरुङ सिफारिस - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतिनिधि सभाको उम्मेदवारमा लिङदेन र केरुङ सिफारिस

भदौ १४, पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल पान्थरले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरुको नामावली तयारी गरेको छ ।

मंगलबार फिदिममा बसेको जिल्ला बैठकले उम्मेदवारहरुको नामावली संघीय कार्यसमितिलाई सिफारिस गरेको छ ।

संघीय सांसदको उम्मेदवारमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र संघीय सहसचिव सागर केरुङ्को नाम सिफारिस गरेको छ ।

यसैगरि प्रदेश निर्वाचन ‘क’ मा जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, संघीय सदस्य देउकुमार नेम्बाङ, संघीय लेखक मञ्चका अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ, जिल्ला सचिव सुबास केरुङ नुनामको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेश निर्वाचन ‘ख’ मा संघीय सचिव लाबाहाङ चेम्जोङ, जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, प्रकाश अधिकारी र लोकमान सेर्मालाइ सिफारिस गरिएको जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बेले बताए ।

सम्बन्धित खवर