- मुसाहाङ अम्याङसा
भदौं १७, दमक । अरु वेलाको निर्वाचन भन्दा पनि यस पटकको निर्वाचन मुलुक बचाउने र मुलुक टुकाउने बीचको फैसला दिने निर्वाचन भएको हुदा नेकपा एमालेले जित्नु पर्ने पार्टी अध्यक्ष केपी ओलीले बताए ।
शुक्रबार चुनावी देश दौडामा रहेका एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघ नेपाल कमलले आज आयोजना गरेको वहृत युवा भेलालाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । विहिवार साँझ गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावी सहितका सामाजिक कार्यक्रममा सहभागी हुन आएका हुन् ।
‘मंसिर ४ को निर्वाचनमा एमालेले हा¥यो भने मुलुकले हार्छ’ ओलीले भने, ‘गठबन्धन दलले यस पटकको निर्वाचन जितेमा मुलुक टुक्रिने खतरा रहेको हुदा निर्वाचनको बुथ दर्शक होइन रक्षक भएर जिम्मेवारी पुरा गर्न पर्छ ।’
अध्यक्ष ओलीले चुनावी प्रसङ्ग उठाउदै टोल–टोलमा युवा संघ,घर–घरमा सदस्य अभियान शुरु गर्न ओलीले आग्रह गदै असंगठीत युवाहरुलाई शालिन, भद्र र जिम्मेवार भएर संगठनमा संगठित गर्न सुझाव दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू १४ वर्ष जेल जीवन विताउदा मन्त्री बनाई दिने जस्ता पञ्चे सरकारले प्रलोभन देखाए पनि नेपाली जनताको पक्ष र प्रजातान्त्रिक प्रणालीको पक्षमा सम्यम र धर्य गरेका कारण यस अवस्थामा आइपुगेको बताए ।
उम्मेदवारको टिकट पाउने कुरामा पनि लोकप्रियता, नागरिकको माग र पालो आदिले अहिले नाम पर्न नसकेमा पनि धर्य गर्न उहाँले कार्यकर्तालाई खबरदारी गर्नु भयो । युवा संघ कमलका अध्यक्ष जीवन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता ओलीले टिकट पाइन भनेर असन्तुष्टी नगर्न अनुरोध गर्दै धेरै असन्तुष्टी आएमा स्वयम् नै पाखा लाग्ने बताए ।
कार्यक्रममा युवा संघ नेपाल १ न.प्रदेशका संयोजक अनिता कन्दुङ्गवा, झापा जिल्ला अध्यक्ष फुर्वा लामा लगायतले निर्वाचनमा एक बुथ दुई सय युवा परिचालन गर्ने बताए ।
अध्यक्ष ओलीले शुक्रबारनै झापाको गौरीगञ्जमा पार्टी प्रवेश कार्यक्रम, मोरङ्गको सुन्दर हरैचामा नेपाल जेसीजको एरिया क क्षेत्रीय सम्मेलनको उदघाटन र विराटनगरमा विधार्थीको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।