कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थर अधिबेशन आयोजक समिती गठन - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थर अधिबेशन आयोजक समिती गठन

भदौ १८, पाँचथर । किरात यक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन भएको छ ।

शनिबार पाँचथर फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको हो ।

सह–संयोजकमा सुबास केरुङ ‘नुनाम’ र सदस्य सचिवमा निसाम तुम्बापोलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा राहुल जबेगु, सम्झना योङ्हाङ, लिलाप्रकाश जबेगु, अजित योङ्या, सुरेन्द्र केरुङ, शंकर आत्मा, रश्मि माबो आङ्देम्बे, इक्सा लोवा, अमृता जबेगु, बिबेक हाङ्सरुम्बा, दिनेश केरुङ, सौगात आङ्देम्बे, काजिमान माबो र कर्मचन्द्र नेम्बाङलाई चयन गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लिम्बुवान प्रदेश समितीका मुख्य सचिव नरेन्द्र केरुङ, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सहसचिव गणेश तुम्रोक, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ लगायतको उपस्तिथिमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर