प्रतिनिधि सभाको उम्मेदवारमा थेबे सहित तीन जना र प्रदेश सभामा लावती सहित दूई जनाको नाम सिफारिस - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतिनिधि सभाको उम्मेदवारमा थेबे सहित तीन जना र प्रदेश सभामा लावती सहित दूई जनाको नाम सिफारिस

भदौ १९, दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल क्षेत्र नं. ५ ‘ख’ क्षेत्रीय कार्य समिति झापा र दमक नगर कार्य समिति झापाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरुको नामावली तयारी गरि सिफारिस गरेको छ ।

शनिबार बसेको क्षेत्र नं. ५ ‘ख’ क्षेत्रीय कार्य समिति झापा र दमक नगर कार्य समितिको संयुक्त बैठकले उम्मेदवारहरुको नामावली छनौट गरि संघीय कार्यसमितिलाई सिफारिस गरेको हो ।

झापा क्षेत्र नं. ५ को संघीय सांसदको उम्मेदवारमा मोहन कुमार थेबे सुव्वा, भानु भट्टराई र कविन्द्र सेर्मा गरि तीन जनाको नाम सिफारिस गरेको छ ।

यसैगरि प्रदेश निर्वाचन झापा क्षेत्र नं. ५ ‘ख’ मा दिल कुमार लावती र धनराज सुव्वा गरि दूई जनाको नाम सिफारिस गरेको छ ।

यस्तै प्रतिनिधि सभा तर्फ समानुपातिकमा बिष्णु कुमारी भट्टराई र प्रदेश निर्वाचन तर्फ समानुपातिकमा टंक माङलाक, सिता मादेन र मनु साम्पाङ राईको नाम सिफारिस गरिएको क्षेत्रिय अध्यक्ष टंक केरुङले बताए ।

 

सम्बन्धित खवर